माछा मार्न गएका बाँकेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। जङ्गली बँदेल मार्न थापिएको करेन्टको पासोमा परेर राप्तीसोनारी–२ का २१ वर्षीय तिलक थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



जङ्गल क्षेत्रबाट धानबारीमा आउने गरेको बँदेल मार्ने उद्देश्यले स्थानीयले आप्mनो खेतबारीमा करेन्टको पासो थाप्ने गरेका छन्। सो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, रोजगारी नपाएको भन्दै भारत जान खोज्नेहरुका कारण मंगलबार जमुनाह नाकामा केही समय अप्ठेरो स्थिति सिर्जना हुन पुग्यो। कोरोना कहरका कारण यातायातका साधन नचलेको र सीमा नाकासमेत बन्द रहेको अवस्थामा कर्णालीलगायत पश्चिमका पहाडी जिल्लाबाट एउटा समूह जामुनाहसम्म आइपुगेको थियो।
उनीहरुले भारत जानका लागि माग गरिरहेका थिए। “भारतमा राहतकार्ड लिएकालाई छाड्ने गरिएकाले झण्डै १०० जनालाई जमुनहा नाकावाट आज पठाइएको हो”, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले भने। रासस




















