धनगढी, ३ असोज । धनगढी उपमहानगरपालिका भित्र रहेका कोरोना सक्रमित मध्य ७७ जनाले कोरोना जितेका छन । उपमहानगरपालिकामा ९१ जना कोरोना संक्रमित रहेकोमा ७७ जनाले कोरोना जितेका हुन ।
चैत १४ गतेदेखि आजसम्म ९१ जना संक्रमित पुगेका हुन् भने उनीहरुमध्ये ७७ जना निको भएर डिस्चार्ज भएका छन् । १७ जना आईसोलेसनमा रहेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
उपमहानगरपालिकामा संक्रमण देखिएका मध्य अस्पतालको आइसोलेसन, नगरपालिकाको आइसोलेसन र होम आइसोलेसनबाट ७७ जनामा निको भैसकेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखा निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए ।
धनगढीमा कोरोना संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ भने दुई जनालाई धनगढीमा उपचार सम्भव नभएपछि अन्यत्रै रेफर गरिएको छ ।
Views: 88