२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

हिन्दु सामाज संसारमै उतकृष्ट ।

नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले विश्वै उत्कृष्ठ समाज हिन्दु समाज रहेको बताएका छन्। उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै हिन्दु समाजमा विश्वका सबै धार्मिक आस्थाका मानिस सबै सधैँ ढुक्कसँग बसिरहेको पनि बताएका छन्।

‘त्यही समाज आदर्श हो जहाँ सरकारले हैन बहुसंख्यकले अल्पसंख्यकको रक्षा गरिरहेको हुन्छ। सरकारले नै अघि सरेर रक्षा गर्नुपर्यो भने समाजको स्वास्थ्य ठिक छैन भनेर बुझ्नुपर्छ,’ उनले भनेका छन्, ‘हिन्दू समाज आजसम्म पनि अल्पसंख्यकको रक्षामा उभ्दै आएको विश्वका उत्कृष्ट समाज हो, यो समाजमा विश्वका सबै धार्मिक आस्थाका मानिस सबै सधैँ ढुक्क हुदै आएको छ।’

उनले हिन्दु समाजलाई बिथोल्दा अन्य धर्मावलम्वी जस्तो असहिष्णू समाज बन्ने दुर्भाग्यपूर्ण अवस्था सिर्जना हुन सक्ने पनि बताएका छन्। ‘यसलाई बिथोल्दा अन्य धर्मावलम्वी जस्तो असहिष्णू समाज बन्ने तिर जान सक्ने दुर्भाग्यपूर्ण अवस्था सिर्जना हुन सक्छ,’ उपाध्यायले भने, ‘नेपाली एक एक जनाले यो पक्षमा गम्भीर र जिम्मेबार हुन जरूरी छ। अहिले सम्मको धर्म सहिष्णू नेपाली समाज बिथोलियो भने दुख त सबैले पाउने छन्, तर बढी बेहाल अल्पसंख्यककै हुने हो।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।