२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

दलित परिवारका महिलाहरुलाई राहात स्वरुप बाख्रा र बंगुर वितरण ।

डडेल्धुरा – कोरोना महामारीका कारण छिमेकी मुलुक भारतको नौकरी गुमाएका दलित परिवारका महिलाहरुलाई राहात स्वरुप बाख्रा र बंगुर वितरण गरिएको छ।

डडेल्धुरा जिल्लामा विपद् जोखिम न्युनीकरणका क्षेत्रमा लामो समयदेखि कृयासिल गैर सरकारी संस्था एकीकृत विकास समाजद्वारा एफसीएको सहयोगमा गन्यापधुरा गाँउपालिकामा कार्यान्वयन भईरहेको सिमान्तकृत समुदायका आर्थिक सामाजिक शशक्तीकरण (सिम) परियोजना मार्फत मंगलबार बोयर जाँतको बाख्रा र बंगुर वितरण गरिएको हो।

गन्यापधुरा गाँउपालिका–१ फल्टणी गाँउका भारतमा नौकरी गुमाएका दलित समुदायका महिलाहरुलाई ११ ओटा बाख्रा, एक उन्नत बोका र चार जोडी बंगुर वितरण गरिएको हो।

गन्यापधुरा गाँउपालिकाका अध्यक्ष नबलबहादुर मल्ल, उपाध्यक्ष कमलादेवी ठगुन्ना, वडाध्यक्ष चेतराम भट्टसहित संस्थाकी अध्यक्ष कमला बिष्ट, कार्यकारी निर्देशक पद्मा गुरुङ लगायतका ब्यक्तिहरुको सहभागितामा बाख्रा र बंगुर वितरण गरिएको सिम परियोजनाका संयोजक बाबुराम श्रेष्टले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।