अमरगढी नगरपालीका–९ छणे खोलामा तिन वटा झरना छन । करिब ५० मिटर उचाई बाट पानि खसिरहन्छ ।



जिल्ला सदरमुकाम बाट करिब छ किलोमिटरको दुरीमा यि झरना छन । डडेल्धुरा–बैतडी महाकाली राजमार्गको उग्रतारा मन्दिर जाने मुलद्धार डकले बाट यहाँ सम्म मोटर बाटो छ । करिब डेढ किलोमिटर मात्रै कच्चि सडक बाटो छ ।

यि झरनाको संरक्षण र प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्ने स्थानियवासीको भनाई छ ।
सुगमस्थान एवं प्रचुर सम्भावना भए पनि झरना आझेलमा परेका छन । पछिल्लो समयमा यसको संरक्षणका साथै पर्यटकीय रूपमा उपयोग गर्न स्थानीयले जागरुकता देखाएका छन् ।

झरनाको प्रचार–प्रसार र सहजताका लागी बाटोघाटोको बनाउन सकिएको छैन । झर्ना सम्म जाने बाटो व्यवस्थित रुपमा निर्माण गर्न सके मनोरञ्जन र सहासिक पर्यटन क्षेत्रको प्रचुर सम्भावना छ ।
फोटो :- सुरज तमाैलि


Views: 344

























