२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

ताप्लेजुङ समाजद्वारा योगदान राष्ट्रका लागि अभियानका अध्यक्ष ओम उप्रेतीलाई सम्मानीत

संयुक्त अरव ईमिरेन्स दुवइको लुम्बिनी ड्रिम होटल मा “योगदान राष्ट्रका लागि ” कार्यक्रम अध्यक्ष ओम उप्रेतीलाइ सम्मान गरिएको छ। जिल्ला समाज ताप्लेजुङले अायोजना गरेको उक्तसम्मान कार्यक्रममा उप्रेती सम्मानित हुनुभएको हो ।

विश्वभर त्रासयुक्त “कोभिड १९” का कारण सामाजिक दुरी र दुवइ सरकारले जारी गरेको नियममा बसि केही सामान्य उपस्थितिमा गरिएको यो सम्मान कार्यक्रम ताप्लेजुङ समाजका उपाध्यक्ष लोकेन्द्र पालुंङ्वाले संञ्चालन गर्नुभएको थियो ।

अध्यक्ष सोनी भण्डारीले कार्यक्रममा सम्बबोधन गर्दै विश्वभर भययुक्त कोभिड १९ का कारण अाफुले ताके अनुसारको कार्यक्रम गर्न असमर्थ भए पनि अाज यस कार्यक्रम मार्फत निशुल्क तालिमका प्रत्युत्पादक तपाईं अाज प्रदेशको सीप ज्ञान देशमा छर्किनु हुदा कमसेकम गरिव दुरदराजका वासिन्दाको जीवनमा ठुलो परिवर्तन अाएको र यस्ता तालिमको कारण अकालमा हुने मृत्युुमा कमी अाउने हुदा प्राथमिक तालिमलाई अझै ससक्त रूपमा अभियाननैमा चलाउन अनुरोध गर्नुभयो साथै ताप्लेजुङ समाज तपाईंको हरेक कार्यमा सहयोगी भुमिका अग्रस्थानमा उभिएर खट्ने विश्वास दिलाउदै कार्यक्रमको सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा पाल्पाली समाज युएईका सल्लाहकार माधव प्रसाद गैरेले उप्रेतीजी अहिलेसम्म ४६ जिल्लामा दिनुभएको तालिमबाट धेरैले लाभ लिनुभएको यहि तालिमको प्रभावले कतिपय स्थानमा बालबच्चा अकालमृत्युबाट वचन सफल भएको बताउदै अब राष्ट्रिय अभियानमा अझ ठुलो अाकारमा देशमानै ठुला तालिम दिने उद्देश सहित “सहयोग राष्ट्रका लागि ” संस्थालाई दर्ता प्रकृयामा गएको खवरले हर्ष लागेको जनाउँदै ७७ मध्य ७५ जिल्लामा समन्वयात्मक समिति बन्दै गरेको सुखद खबरले खुसी लागेको भन्दै उप्रेती परिवारलाई हार्दिक धन्यवाद सहित सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा सम्मानित अध्यक्ष ओम उप्रेतीले अाफु एक्लैले मात्रै नभए र तपाई सबैको सहयोगमा यहासम्म अाएको र अागामी दिनमा सहयोग रहनेमा विश्वष्त हुदै दर्ताको प्रकृयामा रहेको ” सहयोग राष्ट्रका लागि ” कार्यक्रम अागामी एकदुई सातामै नेपाल सरकारमा दर्ता हुने यसले देशका हरेक तहमा प्राथमिक तालिम दिने देशमा स्थानीय सरकारसम्मनै यसलाई पुर्‍याउने, दुरदराज जहाँ यातायात समस्या छन् त्यहाँ पनि पुर्ण तालिम उपलब्ध गराई सामान्यतः वेहोस,हुनु, सर्प टोक्दा , पानीको डुवानमा कसरी बचाउने देखि प्राथमिक उपचार पद्धतिको विकास गरि मृत्युुदर कम गर्ने, स्वास्थ जनचेतना फैलाउने, देशमा स्वास्थ्यमा परिवर्तनको संवाहक बन्दै देशका लागि केही योगदान दिने कार्यक्रममा लागि परेको जानकारी दिनुभयो ।

जसका लागि सबैको सहयोग अाह्वान गर्दै देश,विदेश वस्नुहुने सबैलाई यस महान कार्यमा सहभागी भै अाफु अाफुलाई मात्रै होइन , परिवार ,समाज, र राष्ट्रका लागि केही गरौ भन्नुभयो ।

वास्तवमा अोम उप्रेती चितवन जिल्ला जन्म भ‌ै हाल चितवन निवासी भए पनि संयुक्त अरव ईमिरेन्समा डिष्कभरी रोयल स्पोर्ट्स कम्पनी चलाउनु हुन्छ उहाले बिगतका वर्षमा निशुल्क प्राथमिक तालिम सञ्चालन गर्दै देशका ४६ जिल्लामा सफलता प्राप्त गरि सक्नु भएका उप्रेतीले हालमा स्वास्थमा अझै सहयोग हवस् भन्ने उद्देश्य सहित ” सहयोग राष्ट्रका लागि ” कार्यक्रम ७७ जिल्लामा संञ्चालमा ल्याउन सुरु गर्नु भएको छ।

केन्द्रीय तह, प्रादेशिक , जिल्लास्तर गरि तीनतहमा समिति बनिसकेको यस कार्यक्रम दुरदराज देखि सम्पुर्ण भुभागलाइ स्वास्थ सम्बोधन गर्ने यस कार्यक्रमले स्वास्थ्यमा प्राथमिक उपचार एम्बुलेन्स , डाक्टरसम्मको उद्देश्य लिएको छ।
यसको पूरा विवरण केही दिनमा राष्ट्रिय दैनिक तथा पत्रकार सम्मेलन मार्फत जानकारी दिने प्रकृयामा रहनु भएका उप्रेतीलाइ सबैले अा, अाफ्ना क्षेत्रबाट सहयोग गरौ।

स्वास्थ नै सबैभन्दा ठुलो धन हो स्वास्थसंग सम्बन्धित हरेक क्षेत्रमा सहयोगी बनी स्वच्छ समाजको जग राखौ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।