२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

रुसमा दस लाख नाघे काेराेना संक्रमित ।

काठमाडौं – रुसमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । रुसको कोरोना भाइरस क्राइसिस सेन्टरल दिएको जानकारी अनुसार अहिलेसम्म रुसमा कोरेना भाइरसका १० लाख ४८ संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसका चार हजार ७२९ नयाँ संक्रमित फेला परेका हुन् । रुस कोरोना भाइरसका संक्रमितको संख्या १० लाख नाघ्ने चौथो मुलुक हो । अमेरिका, ब्राजिल र भारतमा यसअघि नै कोरोना भाइरसका संक्रमितको संख्या १० लाख नाघिसकेको छ ।

रुसमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि १७ हजार २९९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र १२३ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । रुसले दिएको जानकारीअनुसार अहिलेसम्म कोरोना भाइरसका आठ लाख १५ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

रुसमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या भने अन्य मुलुकको तुलनामा कम छ । धेरैले रुसले सार्वजनिक गरेको तथ्यांकमा नै आशंका व्यक्त गर्दै आएका छन् ।

(साभार – अनलाइन खबर )

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।