२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

कर्णाली नदीले कटान तीब्र पारेपछि रोकथामको प्रयास

कैलाली । टीकापुर नगरपालिका २ स्थित जनशक्ति सामुदायिक वन क्षेत्रमा कर्णाली नदीले कटान तीब्र पारेपछि रोकथामको प्रयास थालिएको छ ।
कटानका कारण राष्ट्रिय गौरबको रानी, जमरा, कुलरिया सिचाईं आयोजनाले निर्माण गरेको तटबन्ध भत्किरहेको छ भने कर्णाली नदीमा पानीको सतह घटेसँगै कटान तीब्र हुँदा टिकापुर क्षेत्र डुबानको खतरामा परेको छ ।
कर्णाली नदिमा पानीको बहाव घटेसंगै केही दिनअघिबाट नदीले कटान शुरु गरेको हो । नदीले तीन दिनयता मात्रै २० फिट भन्दा बढी तटबन्ध कटान गरिसकेको जनशक्ति सामुदायिक वनका सदस्य उदयकुमार सुनारले बताए ।
आयोजनाले बनाएको तटबन्धको २० फिट चौडाईमा नदीले कटान गरेको छ । सो क्षेत्रमा नदीले कटान गर्दै गए वडा नं. ५, टीकापुर पार्क लगायतका अधिकांश भागमा कर्णाली नदी पस्ने खतरा रहेको टिकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले बताए ।
नदीमा पानीको सतह घट्दै जाँदा तटबन्ध कटान भइरहेको बताउदै नगर प्रमुख रावलले यही रफ्तारमा कटान भए कर्णाली नदी टीकापुर पार्क क्षेत्र भएर बग्ने निश्चित रहेको बताए ।
नदीले कटान तीब्र पारेपछि रानी, जमरा, कुलरिया सिचाईं आयोजना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले कटान रोक्ने काम थालेको नगर प्रमुख रावलले बताए ।
पानीको बहाव केहि कम भएका कारण अहिले खतरा केहि टरेको भएपनि दीर्घकालीन कटान रोकथामका लागि काम गरिरहेको नगर प्रमुख रावलले बताए ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।