२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

एकान्त प्रेमी

खै आज भोलि के भयो के भयो मलाई खाली एकान्त र शून्यता मा बस्न मन लाग्छ।
सोच्छु चारै तिर केवल मेरो मात्र आवाज होस कोषौ टाढा सम्म पनि कुनै पनि मानन जातिको नामो निसान नहोस्।
पहिलो म यस्तो थिएन म समाजमा वस्न रचाउथे एक अर्का सँग आफ्नो दुःख सुख साटासाट गर्ने रुचाउँथे सायद सबै म जस्तै नभएर होकी म सबै जस्तो नभएर हो कसै संग मेरो कुरा मिल्थेन यो समाजमा सुखमा साथ दिने मानिस जताततै भेटे तर दुखमा साथ दिने मानिस भेट्न गाह्रो भयो यस्तो लाग्छ आज भोलि यो समाज भित्र मैले खोजे जस्तो मानव पाउन असम्भव नै छ समाजलाई पनि परिवर्तन को दिशा तिर लगौ भनि ४/५ जना मिलि समाज सुधार का कार्य थालनी गरेको थिए।
यहाँ त अरु को काधमा टेकेर आफु सफलता को शिखर छुने मान्छे मात्र रहेछन् त्यो पनि मैले खासै वास्ता गरेन। कोही अगाडि बढदा साथ दिने मानिस भन्दा पनि खुट्टा तान्ने मानिस को यो समाजमा आफ्नो पहिचान बनाउन गारो भयो।
मेरो सामु मलाई राम्रो भनि मलाई साथ दिएको देखाई अलिपर पुगेर मेरो बारेमा कुरा काटि मलाई मजाको पात्र बनाइ वस्दा रैछन।
त्यसैले होला आज भोलि म कसेको साथ ले हैन मेरो दुइ हातले मात्र आफ्नो भविष्य कादै छु यो शान्त वातावरणमा स्वच्छ प्राकृतिक वातावरणमा शान्तिपूर्ण चराचुरुङ्गी को आवाज मा रम्दै बसेको हुन्छु।
मलाई एकान्त मन पर्छ म एकान्त प्रेमी।
                                             – देब जंङ साउँद /गुलरीया
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।