२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

धनगढीमा समुदायस्तरमा कोरोना परिक्षण हुदैँ

धनगढी –  धनगढी उप–महानगरपालिकाले समुदाय स्तरमा कोरोना परिक्षण थालेको छ । समुदायस्तर मै कोरोना संक्रमण फैलिएको हुन सक्ने भन्दै उप–महानगरपालिकाले विगत केही दिनदेखि परिक्षण गर्न थालेको हो ।

नगरभित्रका विभिन्न बढी जोखिम भएका ठाउँका व्यक्तिहरुको कोरोना परिक्षण गर्न थालिएको उप–महानगरपालिकाका प्रबक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले जानकारी दिए ।

‘विगत केही दिन देखि समुदाय स्तरमा कोरोना परिक्षणको दायरा बढाएका छौ,’उनले भने‘बढी जोखिमयुक्त क्षेत्र र बढी भिडभाड हुने ठाउँमा परिक्षण भईरहेको छ ।’ दैनिक स्वाब संकलन गर्दा परिक्षण रिपोर्ट आउन ढिलाई हुने भएकाले दिन बिराएर स्वाब संकलन भईरहेको बताईएको छ ।

प्रबक्ता मुडभरीले अनुसार संक्रमितका परिवार, बढी जनसम्पर्कमा रहने ब्यक्ति, अन्य ठाउँबाट आएका व्यक्तिहरुको स्वाव संकलन गरेर परिक्षण भईरहेको बताए । टोल–टोलमा निश्चित ठाउँ तोकेर स्वाब संकलन भईरहेको उनले जानकारी दिए ।

आज सम्म सात सय भन्दा बढी स्वाब संकलन गरिएको उनको दाबी छ । उनले उपमहानगरपालिका सँग अहिले भिटिएम किट प्रयाप्त मात्रामा रहेको समेत बताए । सोमबार सम्म नगरभित्र कोरोना संक्रमितको संख्या दुई सय ४३ छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।