कञ्चनपुरको कृष्णपुर नगरपालिकाले बाल उद्यान निर्माण गरेको छ । नगरपालिकाको वडा नम्बर–२ बंकस्थित दिपेन्द्र स्मृति सामुदायिक वनमा बाल उद्यान निर्माण गरेको हो ।
कृष्णपुर २ का वडाध्यक्ष जय नारायण जोशीले नगरपालिका र सामुयिक वनको सहकार्य बाल उद्यान निर्माण गरिएको बताए ।



उनका अनुसार नगरपालिकाको ५ लाख र सामुदामयिक वनको २ लाख बजेटमा बाल उद्यान्न निर्माण गरिएको हो ।
बाल उद्यानमा चिप्लेटी, पिङ लगायतका मनोरञ्जनात्मक सामाग्रीहरु राखिएको छ । बालबालिकाको मनोरञ्जनका लागि पार्क निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
‘केटाकेटीहरुले नदी, खोला किनारमा खेल्ने गरेका थिए’ उनले भने ‘बालबालिकालाई सुरक्षीत किसिमले खेल्न सहज हुने गरि उद्यान निर्माण गरिएको हो ।’
बाल उद्यान सञ्चालका लागि सिद्धनाथ मन्दीर विकास समितिलाई जिम्मेवारी दिईने अध्यक्ष जोशीको भनाई छ ।
Views: 164

























