२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा २५ बेडको आइसोलेसन

कञ्‍चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कोरोना संक्रमितहरूको उपचारका लागि आइसोलेसन सञ्‍चालनमा ल्याइएको छ। नगरपालिकाको वडा नम्बर १० स्थित कृष्ण बैजनाथ क्याम्पसमा आइसोलेसन सञ्चालन गरिएको हो।

कारोना भाइरस संक्रमितहरूलाई राख्नका लागि आइसोलेसन सञ्चालनमा ल्याइएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए। अहिललाई २५ शय्याको आइसोलेसन शुरू गरिएकोमा संक्रमित संख्याको आधारमा शय्या बढाउँदै जाने उनले बताए।

आइसोलेसनमा नगरपालिका क्षेत्रका भारतबाट फर्केका १० संक्रमितलाई राखिएको छ। उनीहरूलाई दुई छाक खाना र नास्ताको व्यवस्था गरिएको छ।

लक्षणविहीन संक्रमितलाई आइसोलेसनमा राखिने र लक्षणसहितका संक्रमितलाई महाकाली अस्पतालको आइसोलेसनमा पठाउने व्यवस्था गरिएको स्वास्थ्यकर्मी लोकेन्द्र ऐरले बताए। नगरपालिकामा हालसम्म ७१ जना कोरोनाबाट संक्रमित फेला परेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।