२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

कृष्णपुरकी राजमती रानाले तीन छोरी जन्मिएपछि रोईरहिन (भिडियो सहित)

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीकी २५ वर्षीया राजमती रानाले आज दिउसो सेती प्रादेशिक अस्पताल धनगढीमा तिम्ल्याहा छोरीलाई जन्म दिएकी छन् । रक्तश्राव पछि आज दिउसो १२ बजे धनगढी ल्याइएकी राजमतीको अस्पतालको प्रसुती बिभागको टीमले शल्यक्रिया गरी तीन छोरीलाई बाहिर निकालेको हो ।

प्रसुती बिभागका प्रमुख प्रसुती तथा स्त्री रोग बिशेषज्ञ डा. खगेन्द्रराज भट्ट, डा. सलिना खड्का, डा. अञ्जना शर्मा र बेहोस गर्ने टीमका डा. कपिल गौतम र नियमराज न्यूरो र तीन जना नर्स सहितको टीमले करीव एक घण्टाको प्रयासमा राजमतीको शल्यक्रिया सफल भएको थियो ।

राजमतीको पहिलो सन्तान एक हजार चार सय ग्राम, दोस्रो एक हजार दुईसय ग्राम र तेस्रो सन्तानको तौल एक हजार तीन सय ग्राम रहेको डा. भट्टले  बताए ।

डा. भट्टले पश्चिम टुडेलाई दिएको जानकारी अनुसार सुत्केरी र तीनै नवजात शिशुको स्वासथ्य ठिक छ । तिनै जनालाई एनआईसियुमा राखिएको छ ।

राजमतीले यसअघि पनि छोरीलाई जन्म दिएकी थिईन । छोराको आस गरेकी राजमती छोरी नै भएको थाह पाउदा अवेसम्म रोईरहिन ।

चिकित्सकहरुले निकै सम्झाएपछि उनी शान्त भएकी थिईन । उनले आठौ महिनामा तीन सन्तानलाई जन्म दिएकी हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।