दिपक ओझा अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा संस्थागत तथा निजी विद्यालयका शिक्षक शिक्षिका तथा कर्मचारीको संगठन ईस्टुुु को नगर कमिटी गठन भएको छ ।



ईस्टु संगठन कैलाली जिल्लाका अध्यक्ष शिवराज जोशीको अध्यक्षतामा शिक्षक शिक्षिका तथा कर्मचारीको संगठन ईस्टुुु को नगर कमिटी गठन भएको थियो ।

ईस्टुु को नगर कमिटी अध्यक्षमा समीर महरा चयन भएका छन भने उनको अध्यक्षतामा २९ सदस्यीय समिती समेत गठन गरिएको छ ।जसमा उपाध्यक्षमा मीन मल्ल, कोषाध्यक्ष प्रेम बिक, सचिवमा जयराज जोशी चयन भएका छन् ।

कोरोनाको कहरको जोखिम मोलेर भए पनि गोदावरी नगर कार्यसमिति गठन गरेको कैलालीका जिल्ला अध्यक्ष शिवराज जोशीले बताए ।
उनले आजको बैठकबाट नगर कमिटी तथा आगामी सांगठनिक विषयमाथि छलफल भएको जानकारी दिए ।
Views: 155

























