२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

एकीकृत अखिल नेपाल शिक्षक संगठन कैलालीको विभिन्न विभाग घोषणा कार्यक्रम सम्पन्न

धनगढी । आज एकीकृत अखिल नेपाल शिक्षक संगठन कैलाली जिल्ला कमिटीले विभिन्न विभागहरुको घोषणा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै संगठनका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथी शंकर अधिकारीले सम्पूर्ण उत्पीडित शिक्षक र कर्मचारीको नेतृत्व गर्दै राहत, उ.मा.वि., बालबिकास, विद्यालय कर्मचारीका समस्या उठान गरेको र अब निजी शिक्षकका मुद्दा पनि उठाउन आवश्यक रहेको बताउनु भयो । नेपाल शिक्षक महासंघका सह-अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथी पूणर्प्रसाद दवाडीले महासंघलाइ एकताबद्ध गर्ने मुख्य भूमिकामा एकीकृत अखिल नेपाल शिक्षक संगठन रहेको र शिक्षकका हरेक मुद्दा महासंघ मार्फत हल हुने बताउनु भयो ।

आज गठित उ.मा.वि. शिक्षक विभागमा इन्चार्जमा चेतराज शर्मा, संयोजकमा हिरालाल डाँगी, सह-संयोजकमा हर्केश धामी रहनुभएको छ । यसै गरि उ.मा.वि. शिक्षक विभागकै सदस्यहरुमा गणेश सापकोटा, राधाकृष्ण रिजाल, विमल विस्ट र विर्खलाल न्यौपाने रहनुभएको छ ।

यसै गरि राहत विभागमा इन्चार्जमा भक्त रावल, संयोजकमा धनञ्जय ढुङ्गाना, सह-संयोजकमा चक्र नेपाली र सचिवमा प्रेम शाही रहनुभएको छ । यसै गरि सदस्यहरुमा
एकेन्द्र विस्ट, देव बहादुर वान्तोला, वीर बहादुर चौधरी, मान बहादुर पुन, हरिमाया चापाइ, रामप्रसाद चौधरी, कल्पना ठकुल्ला (शर्मा), धर्मा पनेरु, भक्त बहादुर विस्ट र प्रदेश सदस्य गिता कठायत रहनुभएको छ ।

आजै चयन गरिएको महिला विभागमा इन्चार्ज मिना जोशी, संयोजकमा जयसरा शर्मा, सह-संयोजकमा सरस्वती रोकाया, सचिवमा पार्वती धमला रहनुभएको छ । महिला विभागको सदस्यहरुमा उर्मिला भट्ट, सम्झना शर्मा, सम्झना अर्याल, अङ्किता चौधरी, लक्ष्मी चौधरी, झुमा चपाइ, गुड्डी सुनार, सूर्यकला आचार्य, संगीता बोहरा र कृस्नी चौधरी रहनुभएको छ ।

कार्यक्रम संगठनका कैलाली जिल्ला अध्यक्ष धन बहादुर सिंहको सभापतीत्वमा सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता संचालन संगठनका जिल्ला सचिव मन रावलले गर्नु भएको थियो भने स्वागत मन्त्तव्य वरिष्ठ उपाध्यक्ष रुपलाल न्यौपानेले गर्नुभयको थियो । कार्यक्रममा प्राविधिक समन्वय अर्थ सचिव प्रमोद साँवदले गर्नु भएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।