काठमाडौं – देशभर आज कोरोनाबाट बितेको २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ ।



यो सँगै मृतकको कुल संख्या २२८ पुगेको छ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महोत्तरीमा ४ वर्षीय बालिकासहित ७ जनाको मृत्यु भएको बताए ।
मृतकमा गोरखा र रुपन्देहीका २ महिला रहेका छन् ।
यस्तै झापा, रौतहट, चितवन र भक्तपुरका पनि १–१ जनासहित ४ पुरुषको मृत्यु भएको उनले बताए ।
Views: 231

























