२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

गौरीफण्टा नाका विवादबारे काँग्रेस कैलालीद्धारा प्रमुख जिल्ला अधिकारीलाई ध्यानार्कषण

धनगढी- नेपाली काँग्रेस कैलालीका सभापति नरनारायाण शाह नेतृत्वको काँग्रेसको टोलीले पछिल्लो केही दिन यता देखिएको गौरिफण्टा नाकाको विवाद लगायतका बिषयलाई लिएर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।

सोमबार दिउसो जिल्ला प्रशासन कार्यालय कैलालीमा पुगेर नेपाली काँग्रेस, कैलालीको एक प्रतिनिधिमण्डलले जिल्लाको गौरीफन्टा त्रिनगर भंसार नाकाको पछिल्लो अवस्था, कोरोना संक्रमण रोकथाम तथा स्थानीय प्रशासनद्वारा लागू गरिएको लकडाउन ९निषेधाज्ञा० का सम्बन्धमा प्रमुख जिल्ला अधिकारीबाट जानकारी लिनुका साथै आफ्नो सुझाब राखेको टोलीमा सहभागि नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य नृप सुनारले जानकारी दिए ।

सो अबसरमा नेपाली कांग्रेस कैलालीका पार्टी सभापती नरनारायण शाहले लकडाउन र यस्ले जनतामा परेको प्रभाव , पिसिआर टेष्टको दायरा बढाउनु पर्ने लगायतका सुझाब दिएका थिए ।

सभापति शाहले गौरीफन्टा भन्सारको ऐतिहाँसीक पक्षका बारेमा समेत प्रजिअलाई जानकारी गराएका थिए । सो अबसरमा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भन्सार सघिय सरकार अन्तर्गत भएकाले यसको निर्णय केही पनि नभएको बताए । टोलीमा जिल्ला उपसभापति प्रकाश बम, जिल्ला सदस्य शेर बहादुर देउवा, पुरन चौधरी, नृप बहादुर सुनार रहेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।