२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

अपडेट : कोरोनाबाट मृत्यु भएका स्वास्थ्यकर्मी औषधि व्यवसायी

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका पहिलो स्वास्थ्यकर्मी औषधि व्यवसायी पनि रहेको खुल्न आएको छ । महोत्तरीको मनरा सिसवा—४ का ३७ वर्षका सहनी थर भएका पुरुष स्वास्थ्यकर्मीको परिवारका अन्य सदस्यहरु पनि औषधि व्यवसायमा नै संलग्न रहेको महोत्तरी कोभिड फोकल पर्सन गिरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

मृतक स्वास्थ्यकर्मी हेल्थअसिस्टेन्ट(एच)को अध्ययन गरि आफैले औषधि व्यवसाय सञ्चालन गरेको र उहाँको पुर्ख्यौली पेशा नै औषधि व्यवसाय रहेको खुल्न आएको फोकल पर्सन झाले बताउनुभयो । अस्वस्थ हुनुभएका स्वास्थ्यकर्मीलाई थप उपचारका लागि काठमाडौं लैजादै गर्दा भदौ १२ गते मृत्यु भएछ र तत्कालै सोही एम्बुलेन्समा नै महोत्तरी फर्काइ परिवारले नै गाडेका रहेछन्।

“हामीलाई यो जानकारी पछि मात्रै थाहा भयो तर मृतक स्वास्थ्यकर्मीलाई आफुलाई कोरोना संक्रमण भएको पहिला नै अवगत रहेछ” झाले भन्नुभयो । उहाँलाई स्वास्थ्यमा अन्य कुनैपनि समस्या नरहेको जानकारी आफुलाई परिवारले गराएको झाले बताउनुभयो । झाका अनुसार मृतक स्वास्थ्यकर्मीकी श्रीमति र दाजुलाई पनि कोरोना संक्रमण भएको र हाल ललितपुरको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।