२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

दार्चुलामा भेटिए स्क्रब टाइफसका बिरामी

दार्चुला । जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पताल दार्चुलाका अनुसार दुई महिला र तीन पुरुष गरी पाँच जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो ।

महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई महिला र एक पुरुष तथा व्याँस गाउँपालिकाका एक पुरुषमा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जिल्ला अस्पतालका डा गजेन्द्र दुवालले बताए ।

उनीहरुमध्ये एक जनालाई धनगढी रेफर गरिएको तथा एक जनालाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । अन्यको सामान्यावस्था छ । स्क्रब टाइफसको जस्तै लक्षण भएका बिरामी अस्पताल आएपछि परीक्षण गरिएको जिल्ला अस्पतालले जनाएको छ । यसअघि पनि मालिकार्जुन गाउँपालिकामा स्क्रब टाइफसको लक्षण देखिएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।