२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

सुदूरपश्चिमका तीन अस्पतालमा आईसियू सेवा विस्तार गर्न ७ करोड विनियोजन

धनगढीः सुदूरपश्चिमका तीन अस्पतालमा आईसियू सेवा विस्तार गर्न ७ करोड बजेट विनियोजन गरिएको छ। संघिय सरकारले डडेल्धुरा अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल र कैलालीको टीकापुर अस्पतालमा भेन्टिलेटर सहितको आईसियू सेवा विस्तारका लागि ७ करोड बजेटको सुनिश्चितता पठाएको हो।

डडेल्धुरा अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिश विष्टले संघिय सरकारले पाँच वटा भेन्टिलेटर सहित १५ शैयाको आईसियू सेवा विस्तार गर्न तीन करोड बजेटको सुनिश्चितता पठाएको जानकारी दिए।

उनले संघिय सरकारले पठाएको बजेट सुनिश्चितताका आधारमा आईसियू र भेन्टिलेटर खरिदका लागि प्रक्रिया थालिने बताए। यस्तै महाकाली अस्पताल र टीकापुर अस्पतालमा आईसियू सेवा विस्तारका लागि पनि संघिय सरकारले दुई÷दुई करोडको बजेट सुनिश्चितता दिएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले दुवै अस्पतालमा ४÷४ वटा भेन्टिलेटर सहित १०÷१० शैयाको आईसियू सेवा सञ्चालनका लागि बजेटको सुनिश्चितता पठाएको जानकारी दिए।

सुदूरपश्चिममा अहिले सेती प्रादेशिक अस्पतालमा ७ वटा भेन्टिलेटर र १० शैयाको आईसियू सञ्चालन छ भने कञ्चनपुरको महाकाली अस्पतालमा तीन वटा भेन्टिलेटर सहित ८ शैयाको आईसियू सेवा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सरकारले कोरोना भाईरसका संक्रमित बढ्दै गएपछि अस्पतालहरुमा भेन्टिलेटर र आईसियु सेवा विस्तार गर्न लागेको हो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।