२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

भारतको ओडिसास्थित बस्तीमा बाढी पस्योः १७ को मृत्यु, लाखौं प्रभावित

काठमाडौं, १५ भदौ । भारतको छत्तिसगढ, झारखण्ड र ओडिशामा भएको तीब्र वर्षाका कारण ओडिशाका थुप्रै बस्तीमा बाढी पसेको छ ।

महानदीका साथै अन्य थुप्रै नदीको जलस्तर बढेको छ जसका कारण राज्यका २० जिल्ला प्रभावित भएका छन् । कटक, जाजपुर, केन्द्रपडा, खोर्धा, पूरी र भद्रक जिल्लाको स्थिती गम्भीर छ ।

राज्य सरकारका अनुसार बाढीका कारण हालसम्म १७ को मृत्यु भइसकेको छ । यतिमात्र होइन, बालीनाली पनि नष्ट भएका छन् ।

बाढीले लाखौंलाई प्रभावित पारेको छ । केही स्थानमा मानिसहरुसँग पिउने पानी र खानका लागि अन्नपात केही छैन ।

ज्यान बचाउनका लागि परिवार घरको तटमा, नदीको बाँधमा वा राहत शिविरमा बसिरहेका छन् ।

ओडिशा सरकारका स्वतन्त्र राहत आयुक्त प्रदिप कुमार जेनाले आइतबार बेलुका पत्रकारलाई भने, ‘यो बाढीमा ३ हजार २ सय ५६ गाउँ प्रभावित भएका छन् । ३४० गाउँबाट यातायात सम्पर्क पूर्ण रुपमा टुटेको छ । १०७ सडकमाथि पानी बगिरहेको छ । साढे दुई लाख मानिस पानीले घेरिएका छन् ।’

राज्य सरकारको तर्फबाट राहत र उद्धारकार्य सुरु गरिएको छ । २ सय ५४ डुङ्गालाई यो काममा खटाइएको छ ।

यसबाहेक ४५ मोबाइल मेडिकल टिम, ४२ पशु चिकित्सा दल पनि बाढी प्रभावित इलाकामा काम गरिरहेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।