२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

निसर्ग हस्पिटलका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

कैलाली । कैलालीको धनगढीमा रहेको निसर्ग हस्पिटलका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीको सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा दुई जना नर्स र दुई जना सफाई कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

भदौ ९ गते निसर्ग हस्पिटलको आईसियुमा उपचाररत एक जना बिरामीलाई कोरोना संक्रमण देखिएपछि बिरामीको सम्पर्कमा भएका सवै कर्मचारीहरुलाई होटेलमा क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमा रहेका तथा अन्य गरेर एक सय ३५ जना कर्मचारीहरुको कोरोना परिक्षण गर्दा दुई जना नर्स र दुई जना सफाई कर्मचारीहरुमा कोरोना पोजेटिभ आएको छ । कर्मचारीहरुमा कोरोना देखिए पनि अस्पतालका सवै सेवाहरु भने सुचारु नै रहेको निसर्ग अस्पतालले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।