२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

‘कमेडी च्याम्पियन’ सिजन–२ काे डिजिटल अडिसन सुरु

काठमाडौं । नेपालको पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन–२ सुरु भएको छ । आजबाट डिजिटल अडिसन ओपन भएसँगै सिजन–२ सुरु भएको हो ।

आजबाट सुरु भएको डिजिटल अडिसन असोज १४ गतेसम्म जारी रहने छ । अडिसनका लागि कमेडी च्याम्पियनको एपका गएर बढीमा चार मिनेट ५९ सकेन्डको भिडियो अपलोड गर्नु पर्ने ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले जानकारी दिए ।

१४ गतेसम्म प्राप्त अडिसनबाट कम्तिमा १२० जनालाई फिजिकल अडिसनका लागि छनोट गरिने छ । यद्यपि प्रतिस्पर्धीको कन्टेन्ट र प्रतिस्पर्धीका आधारका यो संख्यामा केही तलमाथि हुने निर्देशक भण्डारी बताउँछन् ।

१२० बाट २४ जना छनोट हुने र सोही समयबाट टेलिभिजनमा कार्यक्रम प्रशारण हुने छ । उत्कृष्ट १५ जनाबाट भोटिङ सुरु हुने छ । कार्यक्रम कात्तिकको दोस्रो हप्ताबाट प्रशारण गर्ने तयारी रहेको निर्देशक भण्डारीले जानकारी दिए ।

गत वर्ष डिजिटल अडिसनमा २ हजार २०० प्रतिस्पर्धी सहभागी भएकोमा यो वर्ष संख्या बढ्ने अपेक्षा आयोजको छ ।

“हासौं र हसाऔं भन्ने उद्देश्यले कोरोनाको त्रासकाबीच कार्यक्रम सुरु गरेका छौं । यो वर्ष विगतको भन्दा धेरै सहभागिता हुने अपेक्षा गरेका छौं,” निर्देशक भण्डारी भन्छन् ।

विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो सिजनमा पनि निर्णायक सिजन–१ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा हुनेछन् ।

यो पटक मूल्यांकन फम्र्याट केही परिवर्तन हुनेछ । सेट परिमार्जित र भब्य हुने भन्दै निर्देशक भण्डारी भन्छन्, “गत वर्षकोभन्दा सेटमा मात्रै १५ देखि २० लाख बढी खर्च हुनेछ भने कन्टेन्टमा पहिलो सिजनभन्दा चार गुणा बढी जनशक्ति थप गरिएको छ ।” ‘कमेडी च्याम्पियन’ सिजन–१ मा हिमेश पन्त विजेता बनेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।