धनगढीः कञ्चनपुरमा पाँच बोरा भन्सार छलीका बिडि सहित एक व्यापारी पक्राउ परेका छन्।



जिल्ला सदरमुकाम महेन्द्रनगरका व्यापारी जगदिश भट्टलाई भन्सार छलीको अवैध बिडि सहित पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले बताए।
बिडिसहित पक्राउ परेका व्यापारीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाईने प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले जानकारी दिए।
Views: 122

























