२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

साउदी सरकारले देशको उत्तरी क्षेत्रमा दुई नयाँ तेल र ग्याँस फिल्ड भेटाए

साउदी अरबको सरकारी तेल कम्पनी अरामले देशको उत्तरी क्षेत्रमा दुई नयाँ तेल र ग्याँस फिल्ड भेटाएको छ । साउदी अरबका उर्जामन्त्री प्रिन्स अब्दुल अजीज बिन सलमानले साउदीको आधिकारिक साउदी न्युज एजेन्सी एसपिएलाई यस्तो जानकारी दिएका हुन् ।

मन्त्रीका अनुसार यो एक प्राकृतिक ग्याँस फिल्ड अल जाफ इलाकामा भेटिएको हो । यसलाई हदबत अल(हजरा नाम दिइएको छ । त्यसैगरी एक तेल र ग्यासको फिल्ड उत्तर सीमामा भेटिएको छ ।

जसलाई अबरक अल(तुलुल नाम दिइएको छ ।हदबत अल(हजराबाट हरेक दिन १६ मिलियन क्युबिक फिट प्राकृतिक ग्याँस र १९४४ ब्यारेल कंडेनसेटको उत्पादन हुनसक्ने बताइएको छ ।

त्यस्तै अबरक अल(तुलुलबाट हरेक दिन ३ हजार १८९ ब्यारेल अरब सुपर लाइट क्रूड निकाल्न सकिने र १।१ मिलियन क्युबिक फिट ग्याँस निकाल्न सकिने बताइएको छ ।

यो बाहेक अन्य एक फिल्डबाट हरेक दिन २।४ मिलियन क्युबिक फिट ग्यास र ४९ ब्यारेल कंडेनसेट उत्पादन हुनसक्ने बताइएको छ ।

मन्त्री प्रिन्सले अरामले दुवै फिल्डमा अनुसन्धान जारी राख्ने र यसबाट निस्किने ग्याँस र तेलको मात्रा निर्धारित गर्न कुवा खन्ने जानकारी दिएका छन् ।

यस अघि केहि दिन अघि टर्कीले समेत ३२० अरब क्युबिक फिटको प्राकृतिक ग्यास भण्डार भेटिएको घोषणा गरेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।