२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

युवा सजगता अभियान बैतडीकाे संयोजकमा माेहन सिंह बिष्ट ।

बैतडि – युवा सजगता अभियान बैतडीकाे संयाेजकमा माेहन सिंह बिष्ट चयन भएका छन् ।

अभियानले विभिन्न जिल्लाहरुमा आफ्नो संगठन विस्तार गर्ने क्रममा बैतडी जिल्ला संयोजकको जिम्मेवारी बिष्टलाई प्रदान गरेको हो ।
जिल्ला संयोजकको नेतृत्व पाएका बिष्टले छिट्टै जिल्लामा संगठन विस्तार गर्ने बताएका छन् । उनले कोरोना महामारी सहज भएपछि युवाहरूलाई सामाजिक कार्यमा अग्रसर गरि रचनात्मक क्रियाकलापहरु गर्ने,युवाका लागि वैचारिक विकास, क्षमता तथा नेतृत्व अभिवृृद्धिका लागि विभिन्न कार्यक्रमहरु चलाउने बताएका छन् ।
युवा सजगता अभियानले देशभर अभियान विस्तार गर्दै युवाहरुलाई नेतृत्व तथा व्यक्तिव विकाससँगै विभिन्न सिपमुलक तालिम सिकाउने, प्रशिक्षित गर्ने,सामाजिक कार्य गर्दै आएको छ । अभियानको केन्द्रीय अध्यक्ष चिन्तन पौडेल रहेका छन् ।

केही दिन पहिले मात्रै सुदूरपश्चिम प्रदेश संयोजकमा भुवन भट्ट लाई चयन गरेको अभियानले सुदूरपश्चिम प्रदेशका जिल्लाहरुको संयोजकको टुंगो लगाएको हो । जसमा कंचनपुर जिल्लाको जिल्लाको संयोजक शंकर उपाध्याय,डोटीमा बम बहादुर कठायत,कैलाली रघुराज उपाध्याय,डडेल्धुरा सोहन गौराल,बैतडी मोहनसिंह बिष्ट ,बझाङ भरत भण्डारी,बाजुरा हिरेन्द्र बहादुर रोकाया र अछाम जिल्लाको संयोजकमा सुशील भण्डारी चयन भएका हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।