२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

ठकुराठी ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

धनगढी । कैलाली जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज कुमार ठकुराठी ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित भएका छन । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले प्रहरी निरीक्षक ठकुराठीलाई ‘उत्कृष्ट ट्राफिक प्रहरी’ २०७६/७७० घोषित गरेको हो ।

प्रहरी निरीक्षक ठकुराठीले गरेको कार्यको उच्च मुल्यांकन गर्दै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले आज ‘ट्राफिक पोलिस अफ द एयर’ घोषित गर्दै प्रमाणपत्र समेत प्रदान गरिएको छ।

प्रहरी निरीक्षक ठकुराठीले विभागिय मुल्यांकन मान्यता, आदेशको निर्देशन बमोजिम भौतिक पुर्वाधारका लागि स्थानीय निकाय तथा सर्वसाधारण जनतासँग समन्यव र सहकार्य गरी २०७६ साल माघ २१ गते ट्राफिक प्रहरी पोष्ट फुलवारीमा जग्गा एक कट्टा र भवन निर्माणका लागि पहल लगायतका विभिन्न काम गरेका थिए ।

यस्तै ट्राफिक संकेत, बोर्ड, सवारी दुर्घटना न्युनिकरण तथा प्रभावकारी ट्राफिक व्यवस्थापन गर्ने कार्यमा समेत महत्वपूर्ण भूमिका खेलेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ ।


खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।