कञ्चनपुर । कञ्चनपुर जिल्लामा जारी निषेधाज्ञा भदौ १९ गते सम्म लम्बिएको छ । गत भदौ ५ गते देखि १४ गते सम्मका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको थियो ।



कोराना संक्रमण बढेकाले सो को न्युनिकरणका लागि पुन : ५ दिन निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए ।
निषेधाज्ञा थपिए सँगै अब बेलुका साढे ५ बजे देखि बिहान ७ बजे सम्म उद्योग तथा व्यापार व्यवसाय सञ्चलन गर्न पाईने छैन । निजि सवारी साधन जोर बिजोर प्रणालीमा भने चलाउन पाइने छ । अत्यावश्यक काममा मात्र बाहिर निस्कन र मास्क प्रयोग गर्न जिल्ला प्रशासनले आम नागरिकमा आह्वान गरेको छ ।
Views: 170

























