काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका एक हजार दुई सय २१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक हजार दुई सय २१ संक्रमित फेला परेका जनाएको छ ।



मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङका क्रममा एक हजार दुई सय २१ संक्रमित थपिएका जानकारी दिए । थप हुनेमा तनी सय ४८ महिला र आठ सय ७३ पुरुष रहेका छन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या ३८ हजार छ सय ६१ पुगेको छ ।
उनले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट दुई सय ६७ जना डिस्चार्ज भएका पनि बताए । प्रवक्ता गौतमका अनुसार मंगलबारसम्म देशभर २० हजार आठ सय २२ जना डिस्चार्ज भएका छन् ।
Views: 183

























