२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

एसईईमा नम्बर कम दिएको भन्दै विद्यार्थीले हेडसरको नाथ्री फुटाइदिए

सिन्धुली: एसईई नतिजामा कम नम्बर दिएको भन्दै सिन्धुलीको सुनकोसी गाउँपालिका –७ मझुवामा रहेको गणेश माविका विद्यार्थीहरुले प्रधानध्यापक र शिक्षकमाथि कुटपिट गरेका छन्।

एसईईमा नम्बर कम दिएकाले नतिजा नराम्रो आएको भन्दै विद्यार्थीहरुले आइतबार प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कुटपिट गरेका हुन्।

विद्यार्थीले कार्यालयमा आएर पहिला हेडसरको मुखमा हिर्काएको र अर्का शिक्षकलाई कुटपिट गरेको एक शिक्षकले बताए। विद्यार्थीहरुको कुटपिटबाट प्रधानाध्यापक सुनुवारको नाथ्री फुटेर रगत बगेको र ओठसमेत काटेको छ भने अर्का शिक्षक भण्डारीको जिउमा निलडाम छ।

दुवैजनाको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ भने घटना बारे इलाका प्रहरी कार्यालय खुर्कोटलाई समेत जानकारी गराइएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।