२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

रेस्टुरेन्ट भत्किँदा २९ को मृत्यु

बेइजिंग । चीनको सांक्सी प्रान्तमा एक रेस्टुरेन्ट भत्किँदा २९ जनाको मृत्यु भएको छ । उक्त घटनामा २८ जना घाइते भएको बताइएको छ । ती मध्य ७ जनाको स्थिति अत्यन्त गम्भिर छ । रातभरीको राहत तथा उद्धार कार्यपछि भग्नावशेषबाट सबै हताहत भएकाहरुलाई निकालिएको छ । घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ ।

रेस्टुरेन्ट भत्केको उक्त घटना सांक्सीको लिनफेन सहरमा भएको हो । सिन्ह्वाको समाचारमा ८ सय ४० उद्धारकर्मी, १ सय स्वास्थ्यकर्मी र १५ एम्बुलेन्स राहत तथा उद्धार कार्यमा परिचालन गरिएको उल्लेख गरेको छ । चिनियाँ टेलिभिजन च्यानल सीजीटीएनका अनुसार राती करिब ३ बजेर ४५ मिनेटमा उद्धार कार्य बन्द गरिएको थियो । ५७ जना हताहत भएकालाई भग्नावशेषबाट निकालिएको थियो । ती मध्य २९ जना मृत अवस्थामा निकालिएको थियो । (एजेन्सी)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।