२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

विश्वभर कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या ८ लाख ४० हजार पुग्यो

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या ८ लाख ४० हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ८ लाख ४० हजार ३ सय ८२ पुगेको हो। 

सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। त्यहाँ १ लाख ८२ हजार ७ सय १८ जनाको मृत्यु भएको छ। त्यसपछि ब्राजिलमा १ लाख २० हजार २ सय ६२, मेक्सिकोमा ६३ हजार १ सय ४६, भारतमा ६२ हजार ५ सय ५०, बेलायतमा ४१ हजार ५ सय ८५, इटालीमा ३५ हजार ४ सय ७३, फ्रान्समा ३० हजार ६ सय १, स्पेनमा २९ हजार ११, पेरुमा २८ हजार ४ सय ७१  र इरानमा २१ हजार ३ सय ५९ जनाको मृत्यु भएको छ।

हालसम्म विश्वभर संक्रमितको संख्या २ करोड ४८ लाख ९४ हजार ५ सय ८९ पुगेको छ, जसमा सबैभन्दा बढी अमेरिकामा छन्। अमेरिकामा ५९ लाख ५८ हजार ९ सय २ जना संक्रमित भएका छन्। त्यसपछि दोस्रो र तेस्रो नम्बरमा क्रमश ब्राजिल र भारत छन्। ब्राजिलमा ३८ लाख ४६ हजार १ सय ५३ र भारतमा ३४ लाख ६३ हजार ९ सय ७२ जना संक्रमित भएका छन्। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।