महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा होम क्वारेन्टिन बस्न नदिइने भएको छ । शुक्लाफाँटा नगरपालिकामा कोरोना संक्रमण बढ्न थालेपछि होम क्वारेन्टिन हटाइएका हुन् ।



शुक्लाफाँटा नगरपालिकामा शनिबार प्रमुख जिल्ला अधिकारी नूरहरि प्रसाद खतिवडा सहित सुरक्षाकर्मी अधिकारीको बैठकबाट होम क्वारेन्टिन हटाउने निर्णय गरिएको छ ।
कोरोना संक्रमण बढेपछि नगरपालिकामा लकडाउन गर्ने विषषमा छलफल गर्न नगर प्रमुख दिल बहादुर ऐरले प्रमुख जिल्ला अधिकारी सहितको सर्वपक्षीय बैठक बोलाएका थिए ।
बैठकमा गरिएका निर्णयलाई शुक्लाफाँटा नगर कार्यपालिकाले निर्णय गरेपछि मात्रै लागू गरिने बैठकमा सहभागी पत्रकार राजेन्द्र प्रसाद पनेरुले बताए ।
्बैठकले विद्यालय वा सार्वजनिक भवनमा क्वारेन्टाई बनाउने, सीमाबाट भित्रिँदा रेकर्ड राख्ने, स्बावको जाँचको रिपोर्ट नआएसम्म क्वारेन्टाईनमा बस्ने मान्छेले क्वारेन्टिनमा खाना बाहेक बिजुली, पानी, शौचालय,दुई छाक खान बाहेक अन्य व्यवस्था आफैैले गर्न पर्ने निर्णय गरिएको छ ।
बैठकबाट तत्काल कर्फ्यु नलगाएर कोरोना संक्रमणबाट जोगिन नगर वासिन्दालाई सचेत हुन र स्वास्थ्य सुरक्षाका उपाय उपनाउन आग्रह गर्ने निर्णय गरिएको छ ।
यसैगरी नगरपालिकामा आइसोलेसन स्थापना गर्ने, प्रहरी र जनप्रतिनिधिले गाउँ टोलमा गस्ती गने लगायतका निर्णय गरिएका छन् ।बिकल्प दैनिकबाट

























