अमरगढि / डडेल्धुरा – डडेल्धुरा सदरमुकामकाे नगरपालिका अमरगढीले बिद्यालयमा रहेका कर्मचारि र शिक्षककाे काेराेना बिमा गरेकाे छ। विश्व समुदाय नै काराेना महामारिकाे मारमा परेका वेला हरेक क्षेत्रमा काम गर्न कठिनाई रहेकाे छ। संक्रमण दिनानुदिन वढ्दै गएकाे छ ।
यस बाट शिक्षक ,कर्मचारि सुरक्षाकर्मि, स्वास्थ्यकर्मि र जनप्रतिनिधि उच्च जाेखिममा रहेका छन ।



अमरगढीकाे याे अभियान लाई निकै सकारात्मक सुरुवात भन्दै शिक्षक महाँसंघ डडेल्धुराका सचिव तारा प्रसाद अवस्थिले प्रशंसा समेत गरेका छन। उहाँले अाफ्नाे फेसवुक वालमा स्टाटस मा उल्लेख गरेका छन। डडेल्धुरा जिल्लाअन्तरगतका विद्यालयका शिक्षक तथा कर्मचारीको कोरोना बिमाको कार्य अमरगढी न.पा.ले थालनी गरेकोले हार्दिक धन्यवाद तथा अरु नगरपालिका र गाउँपालिकाले पनि तुरुन्त शिक्षक र विद्यालय कर्मचारी हरुको बिमा कार्य गरिदिन हार्दिक अनुरोध छ । साथै शिक्षक साथीहरुले पनि आ- आफ्नो स्थानीय तहमा शिक्षक तथा विद्यालय कर्मचारीहरुको बिमा गर्ने कार्यका लागि आबश्यक पहल गरि सहयोग गर्नुहुन समेत अनुरोध छ । याे अभियानले जन्ताकाे सेवामा अग्रसरहुन थप बल पुगेकाे छ।

























