२०८१ फाल्गुन ५ सोमबार
२०८१ फाल्गुन ५ सोमबार

नेपाल स्वयंसेवक संघ द्वारा उग्रतारा मन्दिर परिसर बृक्षाराेपण

दिपकराज भट्ट / डडेल्धुरा – देशभरि संगठन रहेकाे नेपाल स्वयंसेवक संघ डडेल्धुरा आज डडेल्धुरा काे प्रसिद्व धार्मिक स्थल उग्रतारा मन्दिर परिसदमा दालचिनि,धुपि सल्ला , रक्तचन्दन , गेटफुल ,असाेक लगायतका पचास बाेटहरु राेपेकाे छ ।

अज डिभिजन वन कार्यालय डडेल्धुरा ले बिरुवा दिएपछि स्वयंसेवक संघ डडेल्धुराले मन्दिर परिषद राेपण गरेकाे छ । राष्ट्रका लागि युवा भन्ने भनाइ का साथ आजफुले याे काम बाट थालनि गरेकाे जिल्ला अध्यक्ष दिपा भण्डारिले बताए ।

यसरी युवाहरुलाई यस्ता काममा प्रेरित गराउनु आजफुले पनि सहयाेग गरेकाे युवा लाई आजगामि दिनहरुमा पनि यस्ता काममा निरन्तरता दिईरहनुका लागि आफुले सहयाेग गरिरहेने डडेल्धुरा समाजसेवि जगत ऐररले बताए ।

के हाे त स्वयंसेवक संघ – नेपालमा बिशुद्ध रुपमा सामाजिक सेवामा समर्पित राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन डडेल्धुरामा पनि गठन भएको थियाे । सात ओटा स्थानीय तह रहेकाे डडेल्धुरामा आलिताल घर भएकी दिपा भण्डारी अध्यक्ष रहने गरी सर्वसम्मत कार्य सतिति चयन गरिएको थियाे ।

राष्ट्रिय स्वयंसेवक संघ युवा संगठन डडेल्धुरा समाज रुपान्तरण तथा स्थानीय स्तरमा रहेको विभिन्न पक्षमा जनचेतनामुलक अभियान संचाल , सरसफाइ , वृक्षारोपण र स्थानीय तहमा भ्रष्टाचार बिरुद्ध मा निरन्तर काम गरिरहने संघटन हाे ।

साथै आगामी दिनमा समाजमा रहेका कुरिती कुसंकार र भ्रष्टाचार जस्ता क्रियाकलपलाई न्युनीकरण गर्दै समाज रुपान्तरण सहितको राष्ट्र निर्माणको देश ब्यापी अभियानमा लाग्ने निर्वाचित उपा-अध्यक्ष सुरज तमाैलि ले बताएका छन् ।

डडेल्धुरामा रहेका कुरिती कुसंकार र भ्रष्टाचार जस्ता क्रियाकलपलाई न्युनीकरण गर्न, सामजमा भएको राम्रा कार्यलाई क्षमतावना मानिसहरुलाई कसरी अगाडी बढाउने भन्ने विषयमा लागि पर्ने सदस्य शान्ति अवस्थिले जानकारि गराए ।

यसमा सबैको साथ र सहयाेगकाे खाचो पर्ने बताएका छन् र आज यश अभियान मा सहयाेग गरेकाेमा डिभिजन वन कार्यालय डडेल्धुरा धन्यवाद समेत दिएका छन् । संगठनले डडेल्धुराका क्षमतावना युवाको कला र अन्य क्रियाकलापमा बढी जोड दिने संगठनकाे अठाेट छ ।

युवाहरुको नेतृत्वका साथै उनीहरुको व्यक्तित्व विकास र सामाजिक कार्य अगाडि बढाउन अहम भुमिका खेल्ने तमाैलिका तर्क छ । राजनैतिक परिवर्तनलाई संस्थागत गर्न र राष्ट्र निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेकोले अब सबै युवाहरुले लाग्नु पर्ने सदस्य श्याम ओलिकाे भनाइ रहेकाे छ । देशको विकास र प्रगतिमा युवाको योगदान नै प्रमुख हुने गरेकाले अब सबै युवाले एकजुट भएर लाग्नु पर्ने सदस्य केशव पन्तले बताए ।

समाजसेवा मार्फत समृद्धिको बाटोमा आगाडि बढाई सेवा नै धर्म हो भन्ने भावनाअनुरूप यस अभियानलाइ आत्मसाथ गर्दै समाज सेवाले नै सुशासन निर्माण गर्न सकिन्छ भन्ने मुल मन्त्रलाई लक्षित गर्दै देसभर समाजसेवी मन भएका मनहरुलाइ संगठित गर्दै समाज सेवा तर्फ उत्प्रेरित गर्ने उद्देश्य लियर समाजको सेवामा सक्रिय रहन सशक्त सस्था स्वयंसेवक संघ नेपालको प्रचलित कानुनको बिधान दर्ता ऐन २०३४ को अधिनमा तर्जुमा गरियको प्रदेश सदस्य ( डडेल्धुरा )टिकेश्वरि भण्डारी काे भनाई रहेकाे छ ।

समुदायमा सामाजिक जागरणको माध्यमबाट लैङ्गिक तथा जातीय विभेदलाइ कम गर्न जनचेतना अभिवृद्धिमा जोड दिने यस संस्थाको मुख्य उदेश्य रहेको छ ।

एक बर्ष अघि समाजसेवा गर्ने उदेश्यले बिस्तार भएको यो संगठन अहिले नेपालका सात वटै प्रदेशमा गठन भइसकेको र अब सबै जिल्लाहरुमा पनि यसको संगठन बिस्तार गर्ने राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष हिक्मत शाहले बताएका छन् ।

उनका अनुसार आज सुदुरपशि्चमै डडेल्धुराकाे संगठन ले नै पहिलाे पटक वृक्षारोपण गरेर थप जागर दिएकाे र यस्ता कामलाई अन्य जिल्ला का संगठनले पनि अब सुरुवात गर्ने आसा लिएकाे शाहकाे भनाई रहेकाे छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।