२०८३ जेष्ठ ६ बुधबार
२०८३ जेष्ठ ६ बुधबार

अदितीको फेसन

लामो समयदेखि कामविहिन बन्नुको पीडा त कलाकारलाई छदै छ अर्कोतिर, घरमै बसिरहँदा उनीहरुलाई सकस पनि हुने गर्दछ । दैनिक क्यामेराको अगाडि एक्सन र कटमा रमाएका कलाकार घरमा रहँदा चिन्ता, डर र एक्लोपनाले सताउन सक्छ ।

मुम्बइमा रहेर मोडलिङ गरिरहेकी नायिका अदिती वुढाथोकी एक चलचित्रको छायांकनका लागि नेपाल आएकी थिइन् । तर, चलचित्रको घोषणा हुनु अगाडि नै नेपालमा लकडाउन भयो । यसपछि, नेपालमै रहेकी अदितीले सामाजिक संजालमा त दैनिक तस्वीर पोष्ट गर्दै फ्यानसँग जोडिने कोशिश गरिरहेकी छिन् । तर, काम सुरु नहुँदाको छटपटीमा उनीमा पनि पक्कै छ ।

‘कृ’ डेब्यू नायिकाले दोश्रो नेपाली चलचित्रको सुरुवात गर्न पाएको भए अहिलेसम्म उनको कामको चर्चा बजारमा भैसक्ने थियो । तर, अदितीले यो काम गर्न पाइनन् ।

उनै अदिती लकडाउनको समयमा घरमा रहँदा चिन्ता र डरबाट टाढा रहनका लागि सकारात्मक सोच्नुपर्ने बताउँछिन् । साथै, आफ्नो कामप्रति सधै कृतज्ञ रहनुपर्ने बताउने अदिती फेसनमा रमाउन सिक्न पनि सुझाव दिन्छिन् ।
अदिती आफै पनि दैनिक योगा गर्ने, पुस्तक पढ्ने गरिरहेकी छिन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।