२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

मकै बेचेर गुजारा चलाउने डडेल्धुराका भट्ट दम्पती म्यादी प्रहरीमा भर्ना

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिका–४ डुगरीका स्थायी बासिन्दा ओमप्रकाश भट्ट र उनकी श्रीमती टिकेश्वरी भट्ट जीविकोपार्जनका लागि डडेल्धुरा बजारमा मकै पोलेर बेच्दै आएका थिए। आर्थिक अवस्था कमजोर भएकै कारण यस पटक उनीहरू दुवै म्यादी प्रहरीमा भर्ना भएका छन्।

हाल भट्ट दम्पती डडेल्धुरा बजार मा डेरा गरी बसोबास गर्दै आएका छन्। ओमप्रकाशका अनुसार उनी ८२ वर्षीया आमा, श्रीमती, १० वर्षीय छोरा र नर्सरीमा अध्ययनरत ६ वर्षीया छोरीसँगै बस्छन्। उनका बुवाको आर्थिक अभावका कारण समयमै राम्रो उपचार हुन नसक्दा पक्षाघातका कारण निधन भएको उनले बताए।

“म चैतदेखि असोजसम्म मकै बेच्छु, सिजन सकिएपछि बदाम -मुम्फली  बेच्ने गर्छु,” उनले भने। यसका साथै वर्षभरि डडेल्धुरामा लाग्ने विभिन्न मेला तथा जात्रामा स्टल राखेर पनि आम्दानी गर्ने गरेको उनले जानकारी दिए।

आर्थिक कठिनाइका बीच पनि आफ्ना छोराछोरीलाई उच्च शिक्षा दिलाई डाक्टर बनाउने सपना बोकेको भट्ट दम्पती म्यादी प्रहरीमा छनोट भएपछि केही राहत महसुस गरिरहेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।