२०८२ माघ २५ आईतवार
२०८२ माघ २५ आईतवार

एमालेलाई प्रचण्डको अपिल- राष्ट्र संकटमा छ, एकताबद्ध हुन जरुरी छ

काडमाण्डौं: नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा ९एमाले०लाई पनि आफ्नो पार्टीसँग एकता गर्न आह्वान गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई संकटबाट जोगाउनका लागि राष्ट्रिय शक्ति आवश्यक रहेको उल्लेख गरे ।

संयोजक दाहालले त्यसका लागि सबै वामपन्थी, कम्युनिस्ट र लोकतान्त्रिक शक्तिहरूबीचको एकता जरुरी रहेको बताए ।‘राष्ट्रिय शक्ति निर्माणको यो महाअभियानमा सामेल हुन म एमालेलाई अपिल गर्न चाहन्छु । हामी सबैका लागि राष्ट्रभन्दा ठूलो अरु केही पनि छैन । राष्ट्र संकटमा छ । नेपाली जनताको एकताले मात्रै मात्रमै मुलुकको राष्ट्रियतालाई सुदृढ गर्न सकिन्छ । वामपन्थी र कम्युनिष्टको एकताले नै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न सक्दछ । अरु लोकतन्त्रवादीहरू पनि यो मोर्चामा आबद्ध हुन जरुरी छ,’ उनले भने ।

मुलुकलाई संकटबाट जोगाउनका लागि आफूहरूले पार्टीहरूबीचको एकता अभियानलाई तिव्रता दिएको समेत बनाए । प्रचण्डले मुलुकमा प्रतिक्रियावादीहरूको चलखेललाई रोक्न पनि सबै देशभक्तहरूले एकतावद्ध भएर अघि बढनुपर्ने अवस्था आएको बताए ।

‘प्रतिक्रियावादीहरूको चलखेल रोक्ने एकमात्रै उपाय भनेको हामीबीचको एकता हो । अव एक नम्बर पार्टी हुन्छ । मैले त हिजोअस्तीदेखि साथीहरूलाई भन्न थालेको छु–ओखलढुंगाले सिँगै राष्ट्रलाई सन्देश दिँदैछ,’ उनले भने ।संयोजक दाहालले मुलुकलाई निकास दिन निर्वाचनको विकल्प नभएकाले आफूहरूले नै त्यसमा अडान लिएको समेत बताए ।

‘सबै राजनीतिक दलहरू निर्वाचनमा जाने वातावरण बनेको छ । देश अझै पनि संकटमा छ । दुर्घटना पूरै टरिसक्यो भन्ने छैन । बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन भने दह्रो एकता जनताको पैदा गर्न सकिएनभने फेरि पनि दुर्घटना हुन सक्छ,’ प्रचण्डले भनेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।