हिमालमा डाफे मुनाल जस्तै।
छहरा, पहरामा प्रकृति हासिरहेछ।
तिम्रो सुन्दरता र अविच्छिन रुप देखेर।।
प्रकृति तरङ्गित र मुग्ध भई नाचिरहेछ।



चरिको चिरबिर , नदिको कलकल आवाज जस्तै।
यो मन पनि प्रकृतिको पलपल भइरहेछ।
मिर्गिनयनी आखाँ लठ्याउने जादु देखेर।।
प्रकृति आवेशमै भएपनि हासिरहेछ।
न्याउली र कोईलीका जादुमय स्वर संगै।
प्रकृतिसँग गहिरो माया बसिरहेछ।
त्यई प्रकृतिको अनुपम सिर्जना उनी।।
उनकै बयान गरेर प्रकृति नाचिरहेछ।
डाडाँपाखाका हरियाली दृश्य जस्तै।
मनपनि चङ्गा झै उढ्न खोजिरहेछ।
मोहनी भित्रको महलाइ देखेर।
प्रकृति आवेशमै भएपनि हासिरहेछ।।
– जनक जाेशि गन्यापधुरा , डडेल्धुरा
Views: 463

























