डडेल्धुराः नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा निकट मानिने युवा नेता बिरेन्द्र थापाले डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।



सभापति गगन थापाले डडेल्धुरामा नैनसिंह महरलाई टिकट दिएपछि थापाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। अदालतमा मुद्दा टुंगो नलागेको अवस्थामा नैनसिंहले देउवासँग छलफल नगरेर टिकट लिएको थापाको आरोप छ।
नैनसिंह दाइलाई टिकट दिइएको छ। हाम्रो सभापति शेरबहादुर हो। मुद्दा टुंगो लागेको छैन्। उहाँको टिकट प्रक्रियागत मिलेको छैन्,ञ थापाले भने।
Views: 92

























