२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

परशुराम मकर मेलामा सहभागी हुन मेयर जोशीको निम्तो

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीले आज राति लाग्ने परशुराम (रतेडी) मेला तथा भाेलि १ गते बिहान आयोजना हुने मकर मेला (गंगा स्नान) मा सहभागी हुन देशभरका सम्पूर्ण भक्तजनलाई निमन्त्रणा गरेका छन्।

परशुराम नगरपालिकाको वडा नम्बर–५ स्थित परशुरामधाममा प्रत्येक वर्ष झैँ यस वर्ष पनि परम्परागत रूपमा रतेडी गहनान (परशुराम) मेला र मकर मेलाको आयोजना हुन लागेको हो।

मेलालाई व्यवस्थित, शान्त र सुरक्षित बनाउन परशुराम नगरपालिकाले विशेष तयारी गरेको नगर–प्रवक्ता खगेन्द्रबहादुर सिंहले जानकारी दिए। उनका अनुसार मेलाको अवसरमा सुरक्षा व्यवस्था, व्यवस्थापन, भजन–कीर्तन तथा विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना गरिनेछ।

परशुरामधाम संरक्षण विकास समन्वय समितिका अध्यक्ष मीनबहादुर चन्दका अनुसार परशुराम मन्दिर, भगवान परशुरामको मूर्तिको रंगरोगन, सरसफाइ तथा मेला स्थलसम्म पुग्ने सडकसमेत सुचारु गरिएको छ।

परशुराम तीर्थमा हरेक वर्ष नेपालका विभिन्न जिल्लाका साथै भारतको उत्तराखण्ड राज्यबाट समेत ठूलो संख्यामा भक्तजन आउने गरेका छन्। पौष ३० गते राति रतेडी गहनान मेला र माघ १ गते बिहान गंगा स्नानसहित मकर मेलाको विशेष धार्मिक महत्व रहेको छ।

धर्म, न्याय र अन्यायको विनाशका प्रतीकका रूपमा मानिने भगवान परशुराम जमदग्नि ऋषि र माता रेणुकाका पुत्र हुन्। ‘परशु’ अर्थात् कुठार (बन्चरो) र ‘राम’ अर्थात् आनन्द वा परम पुरुषको संयोजनबाट उनलाई परशुराम भनिएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। शिवजीबाट प्राप्त कुठारका कारण उहाँको नाम परशुराम रहन गएको मानिन्छ।

स्कन्द पुराणअनुसार भगवान परशुराम अन्यायी, अहंकारी र अत्याचारी शासकहरूको विनाश गरी धर्म र सत्यको रक्षा गर्ने, ब्राह्मण धर्म र वैदिक संस्कृतिको संरक्षण गर्ने दिव्य व्यक्तित्वका रूपमा वर्णित छन्। उनलाई चिरञ्जीवी (अमर) मानिन्छ।

कठोर तपस्या, अनुशासन र शस्त्रविद्यामा निपुण परशुराम भगवान क्रोधी भए पनि अत्यन्त धर्मनिष्ठ मानिन्छन्। रामायणमा भगवान श्रीरामसँगको भेट र शिवधनुष भाँचिएको प्रसङ्ग उल्लेख छ भने महाभारतमा भीष्म, द्रोणाचार्य र कर्णका गुरुका रूपमा उनको महत्वपूर्ण भूमिका रहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।