२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

डडेल्धुराका ७ मतदान केन्द्रमा अझै छैन विद्युतिकरणः प्रशासनले लेख्यो पत्र

डडेल्धुराः डडेल्धुराका ७ ओटा मतदान केनद्रमा विद्युत सेवा अपुग रहेको जिल्ला प्रशासन कार्यालयले जनाएकोछ । कार्यालयले नेपाल विद्युत प्राधिरण वितरण केन्द्र डडेल्धुरालाई यी ७ केन्द्रमा विद्युत सेवा को व्यवस्था गर्नुका लागि पत्र लेखेको हो ।
विद्युत् सेवा नपुगेका मतदान केन्द्रहरूमा समैजेश्वर प्राथमिक विद्यालय आलिताल गाउँपालिका–३ सेला, भागेश्वर मावि परशुराम नगरपालिका–२ बसौटी, सिद्धनाथ मावि परशुराम–७ मलास, कैलपाल देवल मावि भागेश्वर गाउँपालिका–१ पत्रम, पशुपति आधारभूत विद्यालय भागेश्वर–१ बलडा र डम्मरपुर आधारभूत विद्यालय भागेश्वर–४ चौड रहेका छन्।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले निर्वाचनअघि नै ती मतदान केन्द्रमा विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रलाई पत्राचार गरेको छ। बिहीवार सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश, प्रादेशिक कार्यालय अत्तरियालाई समेत बोधार्थ राख्दै यथाशीघ्र विद्युतीकरणको व्यवस्था गर्न आग्रह गरेका छन्।

तर यति महत्वपूर्ण निर्वाचनका बेलासमेत देउवाकै गृहजिल्लाका मतदान केन्द्रहरू अँध्यारोमै रहनु राज्य संयन्त्रको लापरवाही मात्रै होइन, राजनीतिक नेतृत्वको असफलताको स्पष्ट उदाहरण हो। पाँचवटा देशको प्रधानमन्त्री भइसकेका देउवाले आफ्नो गृहजिल्लामा आधारभूत सेवा बिजुलीसमेत सुनिश्चित गर्न नसक्नुले ‘विकास र सुशासन’का उनका दाबीहरू कति खोक्रा छन् भन्ने प्रश्न उठाएको छ।

निर्वाचनजस्तो संवेदनशील प्रक्रियामा बिजुली नहुनु मतदाता, कर्मचारी र सुरक्षाकर्मी सबैका लागि जोखिमपूर्ण हुन्छ । डडेल्धुरामा देखिएको यो अवस्था देउवाको राजनीतिक हैसियत र वास्तविक धरातलबीचको ठूलो विरोधाभासका रूपमा देखिन थालेको बताइन्छ। जिल्लामा १०४ मतदान स्थल र १४१ मतदान केन्द्र कायम गरिएका छन्। यहाँ कुल ९३ हजार ४०३ मतदाता छन्।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।