२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

एसबिआई बैंक गन्यापधुरा शाखा द्वारा विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण

डडेल्धुराः डडेल्धुराको गन्यापधुरामा रहेको एसबिआई बैंक शाखाले विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण गरेकोछ । श्री दरपुर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरिएको हो ।

नेपाल एसबिआई बैंक लिमिटेड, गण्यापधुरा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गण्यापधुरा गाउँपालिका–२, कोरगाउँस्थित श्री दरपुर आधारभूत विद्यालयमा सामाजिक सेवा कार्यक्रम हिजो (शुक्रवार) सम्पन्न गरेको हो।

No description available.

उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण गरिएको थियो। साथै, विद्यार्थी तथा अभिभावकहरूको वित्तीय पहुँच अभिवृद्धि गर्ने उद्देश्यले ४५ वटा बचत खाता पनि खोलिएको शाखाले जनाएको छ।

कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै अभिभावकहरूलाई बैंकिङ सेवासँग जोड्न सहयोग पुगेको शाखाका प्रमुख रञ्जन सिंहले जानकारी दिनुभयो। उहाँले भविष्यमा पनि यस्ता सामाजिक तथा वित्तीय साक्षरतामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालय परिवार तथा स्थानीय समुदायले बैंकको यस सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले शैक्षिक वातावरण सुदृढ हुने विश्वास व्यक्त गरेका छन्

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।