२०८२ माघ २५ आईतवार
२०८२ माघ २५ आईतवार

अस्पतालबाट डिस्चार्ज भएको तीन दिनमै सुत्केरीको मृत्यु

डडेल्धुरा — डडेल्धुराको अमरगढी नगरपालिका–६ की ३५ वर्षीया सुत्केरी मुना टमटाको अस्पतालबाट डिस्चार्ज भएको तीन दिनामै मृत्यु भएको छ । मंसिर २५ मा डडेल्धुरा अस्पतालमा भर्ना भएकी टमटाले सोही दिन मृत शिशु जन्माएकी थिइन् । भोलिपल्ट स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै अस्पतालले उनलाई डिस्चार्ज गरेकामा २९ गते उनको मृत्यु भएको हो ।

अस्पतालबाट डिस्चार्जपछि उनी अमरगढी नगरपालिका–४ काजीधारामा डेरा गरी श्रीमान‍्सँगै बस्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक भास्कर चन्दका अनुसार आइतबार साँझ पेट दुखेको भन्दै उनले आफ्ना श्रीमान‍्लाई जानकारी गराएकी थिइन् । त्यसपछि घरमै तेल लगाएर सुतेकी उनी सोमबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

प्रहरीका अनुसार मृतक टमटा ६० वर्षीय श्रीमान् भीमबहादुर टमटासँगै बस्दै आएकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता डडेलधुरा अस्पतालले दिएको जानकारी अनुसार टमटा मंसिर २५ मा भर्ना भई २६ मा डिस्चार्ज भएकी थिइन् । डिस्चार्ज गर्ने बेलासम्म उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

 

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।