२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

डडेल्धुराबाट आठौँ पटक चुनाव लड्दै देउवा, एकल नाम सिफारिस

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि डडेल्धुराबाट कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बन्ने भएका छन् । नेपाली कांग्रेस डडेल्धुराको बिहीबार बसेको बैठकले उनको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।

जिल्ला सभापति भीमबहादुर साउँदले प्रदेश समितिलाई देउवाको नाम सिफारिस गरिएको जानकारी दिए । डडेल्धुरा कांग्रेसका नेताहरूसँग यसअघि नै देउवाले अन्तिमपटक प्रतिनिधिसभा निर्वाचन लड्ने बताइसकेका थिए ।

देउवा डडेल्धुराबाट आठौँपटक संघीय निर्वाचन लड्ने तयारीमा रहेका हुन् । यसअघि उनी २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएको निर्वाचनमा डडेल्धुराबाटै विजयी भएका थिए । २०४८ सालदेखि हालसम्म अपराजित रहेको देउवा मात्रै एक नेता हुन् ।

राष्ट्रियसभाको लागि भीमबहादुर साउँद र रगुवर भट्टको नाम सिफारिस गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।