२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

सुदूरपश्चिममा ४६ हजार मतदाता थपिदा डडेलधुरामा कति थपिए त ?

डडेल्धुराः फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लाबाट ४६ हजार २० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । यी मध्ये अनलाइनबाट २९ हजार ४३९ र निर्वाचन कार्यालयमै उपस्थित भएर १६ हजार ५८१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलाली, कञ्चनपुर र बैतडीमा अन्य जिल्लाको तुलनामा बढी मतदाता थपिएका छन् ।

कैलालीमा १८ हजार २१३, कञ्चनपुरका १२ हजार २९१, बैतडीमा २ हजार ६५२ र दार्चुलामा २ हजार ६२८ नयाँ मतदाता थपिएका छन् । यस्तै, डडेलधुरामा १ हजार ८९२, बझाङमा २ हजार ३४५, अछाममा २ हजार ६०४, डोटीमा १ हजार ८७८ र बाजुरामा १ हजार ५१७ गरी जम्मा ४६ हजार २० नयाँ मतदाताथपिएको प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले बताए ।

यो सँगै सुदूरपश्चिम कुल मतदाता सङ्ख्या १७ लाख १५ हजार ४३१ पुगेको छ । ०७९ को निर्वाचनमा प्रदेशमा मतदाताको सङ्ख्या १६ लाख ६९ हजार ४११ थियो । नयाँ दर्ता भएका मध्येयुवा उमेर समूहको सङ्ख्या धेरै रहेको कार्यालय प्रमुख भट्टले जानकारी दिए ।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।