भिजनरी इन्टर–स्कुल फुटबल टुर्नामेन्ट २०८२ सफलतापूर्वक सम्पन्न,
श्री अरुणोदय माध्यमिक विद्यालय पहिलो रनर–अप घोषित



भिजनरी इन्टर–स्कुल फुटबल टुर्नामेन्ट २०८२ भव्य रूपमा सम्पन्न भएको छ। कडा प्रतिस्पर्धा, आकर्षक खेलकुद प्रदर्शन र विद्यार्थीसँगै अभिभावकहरूको उत्साहले भरिएको यो प्रतियोगितामा श्री अरुणोदय माध्यमिक विद्यालयले प्रथम रनर–अपको स्थान हासिल गर्न सफल भएको छ।
प्रतियोगिता भरिकै उत्कृष्ट प्रदर्शनका आधारमा अरुणोदयका सामरी मगरलाई “बेस्ट किपर अफ द टुर्नामेन्ट” घोषित गरिएको छ। सामरी मगरले खेलभर उत्कृष्ट बचत, तेज प्रतिक्रिया र गोल बच्छाउने कला देखाएर सबैलाई प्रभावित पारे।
विद्यालय प्रशासन, प्रशिक्षक, विद्यार्थी तथा सम्पूर्ण अरुणोदय परिवारले टिमको यो उपलब्धिलाई गर्वका रूपमा लिएका छन्। खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक सीप विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्तो प्रतियोगिताले प्रतिभा उजागर गर्न ठूलो सहयोग गरेको आयोजक संस्थाले जनाएको छ।
भिजनरी इन्टर–स्कुल फुटबल टुर्नामेन्ट २०८२ ले सहभागी विद्यालयहरूबीच मैत्रीपूर्ण सम्बन्ध, खेल भावना र अनुशासनको सन्देश फैलाएको छ। आयोजक Visionary Institution ले आगामी वर्ष अझै भव्य रूपमा प्रतियोगिता आयोजना गर्ने तयारी गरेको जनाएको छ।
श्री अरुणोदय माध्यमिक विद्यालयलाई हार्दिक बधाई तथा सामरी मगरलाई विशेष शुभकामना!
— खबरदारीन्यूज डटकम

























