२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

धनगढीमा कुखुरापालन सम्बन्धी निःशुल्क तालीम सम्पन्न

धनगढी – पारस पोल्ट्री ट्रेडर्स र न्यु होप फिडको संयुक्त आयोजनामा धनगढीमा कुखुरापालन सम्बन्धी निःशुल्क तालीम सम्पन्न भएकोछ। जाडो मौसमसँगै कुखुरापालनमा देखिन सक्ने चुनौती र समाधानलाई प्राथमिकतामा राखेर गरिएको तालीम मङ्सिर ०६ गते शनिबार इमेज होटल, धनगढीमा सम्पन्न गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा मुख्य प्रशिक्षक डा. समीर ठाकुरले जाडो समयमा कुखुराको स्वास्थ्य, व्यवस्थापन, रोग नियन्त्रण र उत्पादन क्षमता बढाउने उपायहरूबारे विस्तृत रूपमा प्रशिक्षण प्रदान गरिएको थियो ।

पारस पोल्ट्री ट्रेडर्सका प्रबन्ध निर्देशक पारस बाहुनका अनुसार तालीमले स्थानीय किसानलाई व्यावहारिक सीप, आधुनिक प्रविधि तथा मौसमी जोखिम व्यवस्थापनका उपाय सिकाउने उद्देश्य राखिएको छ।

न्यु होप फिडका बजार व्यवस्थापक अमीत सापकोटाले पनि पौष्टिक आहार, फिड म्यानेजमेन्ट, ब्रोइलर तथा लेयरका उत्पादन वृद्धि सम्बन्धी महत्वपूर्ण विषयमा प्रशिक्षण दिएका थिए।

कुखुरापालन व्यवसायलाई अझ सुदृढ बनाउने उद्देश्यसहित आयोजना गरिएको तालीममा किसानहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। तालिममा ४० जना कृषकहरुको सहभागिता रहेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।