दार्चुला: दार्चुलामा हत्याको आरोपमा शुक्रबार एक युवक पक्राउ परेका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका वडा –२ देथलाका ४५ वर्षीय शेरबहादुर चन्दको हत्या गरेको आरोपमा सोही स्थानका ३४ वर्षीय गंगादत्त भट्ट पक्राउ परेका हुन।



उनले बिहिबार घरेलु धारिलो हतियारको प्रयोग गरी चन्दको हत्या गरेका थिए। त्यसपछि फरार भएका भट्टलाई प्रहरीले जंगलमा भेटाएको थियो।
पक्राउपछि आरोपी भट्टलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाको नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले बताए।
Views: 146

























