नेपाली तरुण दल डडेल्धुराका अध्यक्ष बोहराले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन् । बोहरा सामाजिक सन्जाल फेसबुकमा एक पोस्ट गर्दै भने थापा र शर्माले आफ्नो पदीय दायित्वबाट राजीनामा दिनुपर्ने बताए ।
सभापतिमाथि भौतिक आक्रमण हुँदा र पार्टी कार्यालय जल्दा महामन्त्रीहरूले पदीय दायित्व पूरा गर्न नसकेको उनको भनाइ छ । दुई महामन्त्रीहरू असफल भइसक्नुभएको छ, पदीय दायित्वबाट बिदा लिनुपर्दछ,’ बोहरा ले लेखेका छन ।
बोहरा ले महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा भइरहेको विशेष महाधिवेशनको मागलाई ‘सङ्गठन कब्जा गर्ने षड्यन्त्र’ को संज्ञा दिए । उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन मा सम्माननिय सभापति ज्यु को घर मा आफ्नो नजिक संगठनका युवा हरु लाई लगायर घर तोडफोड आगजनि गर्नु का साथै कुटपिट गर्न लगायको लेखेका छनः विशेष महाधिवेशन किन ? केका लागि ? नीति परिवर्तन कि नेतृत्व परिवर्तनका लागि,’ बस्नेतले भने, ‘आजको प्राथमिकता नेतृत्व परिवर्तन नभई पार्टीको नीति, कार्यक्रम र सञ्चालन प्रणाली पुनरावलोकन हो ।




नियमित महाधिवेशन महामन्त्री थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सदस्यता नटुङ्ग्याएर तत्काल हुन सम्भव नदेखिएको बताए । ‘नियमित महाधिवेशन कसले रोकेको छ ? क्रियाशील सदस्य व्यवस्थापन समितिको संयोजक स्वयं महामन्त्रीज्यू हुनुहुन्छ, तर काम नगर्ने र दोष अरूलाई थोपर्ने प्रवृत्ति किन ?’ बोहराले प्रश्न गर्दै भनेका छन ।
– बोहरा तरुण दल डडेल्धुराका अध्यक्ष हुन् ।

























